शिक्षा स्वास्थसमाचार

राती सुत्नुअघि दुध पिउनु कतिको फाईदाजनक ? पढ्नुहोस्

Gobal IME Bank

एजेन्सी । अनिद्रा हाम्रो शारीरिक र मानसिक तनाव र थकाई सँग जोडिएको छ । यो विश्वव्यापी स्वास्थ्य समस्या हो । धेरै मानिसहरु आजकाल अनिद्रा अथवा इन्सामेनिया जस्ता समस्याको कारणले राती राम्रो सँग सुत्न सक्दैनन् । यसको कारणले गर्दा हामीलाई शारीरिक र मानसिक रुपमा असर परिरहेको हुन्छ ।

यो समस्याको समाधानको लागि धेरै उपायहरु अपनाउन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार स्लिपिङ पिल्सको प्रयोग धेरै व्यक्तिहरुले गर्ने गरेको देखिएको छ । तर निद्रा आउनको लागि हामीले सजिलै हाम्रो भान्छा वा फ्रिजमा यस्का उपायहरु भेट्न सक्छौ । राती सुत्नु भन्दा अगाडी दुध पिउदा हामीलाई निद्राको लागि मद्दत मिल्छ ।

अनिद्रा अथवा सन्तुलित निद्रा विश्वभरिको समस्या हो । अनिद्रा वेवास्ता गरिएको बिमारी हो र यसो गर्दा हामीलाइ मानसिक रूपमा असर गर्छ । रिसर्चबाट पत्ता लागेको छ कि डेरी प्रडक्ट जस्तै दुधले राति सुत्नको लागि मद्दत गर्छ । आयुर्वेदमा विश्वास गरिन्छ कि हामीले राती दुध पिउँदा हाम्रो शरिरमा ओजस वृद्वि हुन्छ । ओजस हाम्रो शरिरमा हुने एक किसिमको पदार्थ हो जसले हाम्रो शरिरको ताकत, प्रतिरक्षा प्रणालीमा सुधार गर्नुको साथै सन्तुष्ट महसुस गराउँछ ।

दुधमा पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी पाइन्छ जसले हाम्रो हड्डीलाई बलियो बनाउछ र विभिन्न रोगहरुबाट रक्षा गर्ने काम गर्छ । त्यसैले हामीले आफ्नो डाइटमा दुधलाई समावेश गर्न आवश्यक छ । वैज्ञानिक रुपमा पनि दुधमा धेरै पोषक तत्वहरु पाइन्छ जसले हाम्रो शरीरको विकास र वृद्वि गर्ने गर्छ । दुधमा ट्रिप्टोफ्यान नामक अमिनो एसिड हुन्छ ।

यसले सेराटोनिन र मेलाटोनिन हार्मोन रिलिज गर्नको लागि महत्वपुर्ण भुमिका निभाउँछ । सेराटोनिनले हाम्रो मस्तिष्कलाई रिल्याक्स हुन मद्दत गर्छ र मुडलाई बुस्ट गर्ने काम गर्छ भने मेलाटोनिनलाई स्लिप हार्मोनको रुपमा पनि चिनिन्छ । हार्मोनको सिक्रेसनको कारणले गर्दा हामीलाई राती राम्रो सँग निदाउन मद्दत गर्छ । तातो दुध पिउँदा हाम्रो तनाव कम हुने गर्छ जसको कारणले गर्दा तनाव मुक्त भए पछि निद्रा लाग्ने गर्छ ।

दुध पिउँदा मनोवैज्ञानिक रुपमा हाम्रो मस्तिष्कमा असर गर्छ । हाम्रो मस्तिष्कले सुदिङ सिग्नल पाउँछ जसले राम्रो निद्रा पाउँन मद्दत गर्छ । हाम्रो दिनलाई सकारात्मक रुपमा अगाडी बढाउनु छ भने राति सुत्नु भन्दा अगाडी मनतातो दुध पिउँदा लाभदायक हुन्छ । आयुर्वेद र मोडर्न मेडीकल साइन्सले पनि मनतातो दुध सुत्नु भन्दा अगाडी पिउनको लागि सुझाव दिएको छ यसले हाम्रो नर्भस सस्टिमलाई शान्त पार्न मद्दत मिल्छ ।

रातीको खाना खाएको एक वा डेढ घण्टा पछि सादा दुध वा दुधमा बेसार र मरिच मिसाएर वा थोरै मात्रामा जाइफलको धुलो मिसाएर पनि दुध पिउन सकिन्छ । त्यसैले राती मनतातो दुध पिउँनु शरिरको लागि फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button