मनोरञ्जनसमाचार

‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन श्रीलङ्का उडिन् सजिना

Miss World Tourism

Gobal IME Bank

काठमाडौँ। ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलङ्का जाँदै छिन् । श्रीलङ्काको कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुबै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्नेछु’, खनालले भनिन् ।

श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले मन्त्रालयमा भेट्दै उनलाई जितको शुभकामना दिएका थिए ।

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’को उपाधि सहित उनलाई त्यसतर्फ पठाएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button