Grace Computer Jawalakhel
अन्यसमाचार

अन्तर्राष्ट्रिय मित्रता दिवस

काठमाडौँ। आज अन्तर्राष्ट्रिय मित्रता दिवस । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य भाग हो। मित्रता यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ। यही मित्रताको सम्बन्धलाई सेलिब्रेट गर्नका लागि हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाउने गरिन्छ ।

तर, मानिसहरु अक्सर यस बारे अन्योलमा पर्छन्। वास्तवमा, धेरै ठाउँमा मित्रता दिवस जुलाई ३० मा मनाइन्छ, जबकि केही देशहरूमा यो अगस्टको पहिलो आइतबार मनाइन्छ। यो दिवस विभिन्न देशमा फरक फरक मितिमा मनाइन्छ । वास्तवमा, धेरै देशहरूमा जहाँ मित्रता अगस्कोट पहिलो आइतबार मनाइन्छ, यो अन्तर्राष्ट्रिय रूपमा भने मित्रता दिवस ३० जुलाईमा मनाइन्छ। यस दिनको इतिहासको बारेमा कुरा गर्दा, सन् १९५८ मा पहिलो पटक पाराग्वेमा यो दिवस मनाउने प्रस्ताव गरिएको थियो। पछि यही प्रस्तावलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वका धेरै देशहरुमा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आएको छ ।

यो दिन विशेष गरी साथीहरू र तिनीहरूको मित्रतालाई समर्पित गरिएको छ। मित्रताको सम्बन्धलाई मनाउने र मानिसको जीवनमा साथीको महत्त्व बुझाउने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिनले साथीबिनाको हाम्रो जीवन कसरी अधुरो छ र हाम्रो जीवनमा साथीको महत्व कति छ भनेर बताउँछ। अहिलेको व्यस्त जीवनमा मानसिक तनाब र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो कोही होला जसको कोहि मित्र नहोस र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उदेश्य भनेको पनि साथीहरुसंग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनाबबाट छुटकारा पाउनु हो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button