Grace Computer Jawalakhel
अन्यमुख्य समाचारसमाचार

तपाईको कन्ट्रोलमा मोबाइल फोन कि मोबाइल फोनको कन्ट्रोलमा तपाई ?

एजेन्सी । हामी फोनको नियन्त्रणमा छौँ या फोन हाम्रो नियन्त्रणमा छ ? अहिलेको समयमा यो निकै गम्भीर प्रश्न हो र यसको जवाफ दिन कठिन हुन्छ ।

एक छिन् फेसबुक चलायो, त्यसपछि युुट्युबमा केही भिडिओ हेर्‍यो, ग्यालरीमा भएका फोटो र भिडि‌‌ओ हेर्‍यो, फेरि फेसबुक चलायो । यसरी नै हामी आफ्नो डिभाइसमा समय व्यतित गरिरहेको हुन्छौँ अथवा फसिरहेका हुन्छौँ ।

हाम्रो दैनिकी देख्दा हामी कहिले पनि डिभाइसबाट टाढा हुन सक्दैनौँ । विभिन्न अनुसन्धानहरूले डिभाइस र सोसल मिडियामा धेरै समय बिताउने बानी स्वास्थ्यका लागि निकै हानिकारक हुने पत्ता लगाएको छ। आफूलाई स्वास्थ रहन हामीले आफ्नो डिभाइस प्रयोग गर्ने बानीलाई समेत नियन्त्रण गर्नुपर्ने अनुसन्धानहरूले देखाएको छ।

हामीले यस्ता बानिहरु एक पटकमा नै त्याग्न सकिदैन त्यसैले यसप्रकारको बानी बिस्तारै कम गर्दै जानु पर्छ । फोनको लत छुटाउनुलाई ‘डिजिटल डिटक्स’ भन्ने गरिन्छ । यसका लागि एपको सेटिङ परिवर्तन गरे पुग्छ

ह्वाट्सएप

मेसेज पठाउनु, आएको मेसेज पढ्नु धेरैका लागि टाउको दुख्ने विषय हुने गर्छ । कतिपयले त पठाएको मेसेज पाएर पनि पढेनन् भनेर रिसाउने गर्छन् । ह्वाट्सएपमा भएको रिड रिसिप्ट डिसेबल गर्दा यो समस्याबाट छुटकारा पाइन्छ । यसको लागि सेटिङमा जानुहोस्, ‘प्राइभेसी’मा क्लिक गर्नुहोस् रिड रिसिप्ट’ अप्सनमा क्लिक गर्नुहोस् । यसो गरे पछि मेसेज रिसिभ र सेन्ड दुबै गर्न मिल्दैन ।

फेसबुक

फेसबुकको न्युज फिडमा समाचार मात्र आउँदैन । यसमा मिम र विभिन्न किसिमको पोष्टहरु आउने गर्छ । यस्ता पोष्टहरु सकारात्मक र नकारात्मक दुबै किसिमको हुन्छन् । यी सबैबाट छुटकारा पाउनका लागि मोबाइलमा भएको फेसबुक एप डिलिट गरेर कम्प्यूटर वा ल्यापटपको डेस्कटपमा सीमित हुनु हो ।

इन्सट्राग्राम

प्राय हाामी सबैमा पोस्ट गर्नासाथ बारम्बार लाइकको संख्या हेर्ने बानी हुन्छ । यसले बारम्बार एप खोल्न मन लागि रहन्छ। यसका लागि पोस्ट गर्ने बेलामा नै एड्भान्स सेटिङमा जानुहोस् र त्यहाँ लाइक काउन्ट बन्द गर्ने विकल्प देखा पर्छ । यो विकल्प भने सो पोस्टमा मात्र लागु गर्न सकिन्छ। अर्को तरिकाबाट लाइक काउन्ट बन्द गर्न सेटिङमा जानुहोस्, त्यसपछि ‘प्राइभेसी एन्ड सेक्युरिटी’मा जानुहोस् । अलि तल स्क्रोल गर्दै गए पछि त्यहाँ ‘पोस्ट’ भित्र हाइड लाइक भन्ने विकल्प देखिन्छ । त्यहाँ क्लिक गरेर पनि तपाईंले लाइक र कमेन्ट बन्द गर्न सक्नुहुन्छ ।

युट्युब

युट्युबमा बिताउने समय कम गर्न मोबाइल एप डिलिट गरेर डेस्कटपबाट मात्र हेर्नु बानि बसाल्नु राम्रो विकल्प हो । यसो गर्दा ‘इम्प्रुभ युट्युब’ जस्ता एक्स्टेन्सन प्रयोग गर्न सकिन्छ । यसले युट्युबमा भिडि‌ओ हेर्दा थप नियन्त्रण दिन्छ । युट्युबमा बढी समय बिताउने कारण मध्ये ‘रिलेटेड भिडिओ’ सेक्सन पनि एक हो । यस एक्स्टेन्सनले युट्युबबाट यो सेक्सन लुकाइदिन्छ ।

टिकटक

पाँच मिनेटका लागि भनेर टिकटक चलाउन थाले पछि हामी टिकटकमा घण्टौँ समय बिताउने गर्छौ । यसमा आउने छोटा तर आकर्षक भिडिओले समय बितेको हामीलाई पत्तो हुदैन। तर यो एपबाट नै तपाईंले समय सीमा तोक्न सक्नुहुन्छ । यसले तपाईंलाई धेरै समय टिकटकमा बिताउन दिँदैन ।

यसका लागि सेटिङ भित्र हुने ‘डिजिटल वेलबिइङ’ मा जानुहोस् । यस भित्र ‘स्क्रिन टाइम म्यानेजमेन्ट’ हुने गर्छ । यहाँ तपाईंले दिनमा टिकटकमा बिताउने समयको सीमा राख्न सक्नुहुन्छ ।

ट्वीटर

ट्वीटरमा नोटिफिकेसनलाई म्युट गर्नु राम्रो हो । यसले ट्वीटरको अनुभवलाई थप राम्रो बनाउन सकिन्छ । आफूले फलो गरेको व्यक्तिले लगातार ट्वीट गर्दा नोटिफिकेसन आउँदा हेर्न मन लाग्छ तर म्युट गरेपछि आफूले चाहेको समयमा र फुर्सद भए पछि ट्विट हेर्न सकिन्छ ।

यसका लागि उक्त व्यक्तिको प्रोफाइलमा जानुहोस् । त्यहाँ तीन थोप्ला देखिन्छ, त्यसमा क्लिक गर्नुहोस् । अब अलि तल ‘म्युट’ भन्ने विकल्प देखा पर्छ । यसरी नै तपाईंले कुनै पनि शब्द, वाक्य अथवा विषयलाई समेत म्युट गर्न सक्नुहुन्छ ।

यसका लागि सेटिङमा जानुहोस् । ‘प्राइभेसी एन्ड सेफ्टी’मा जानुहोस् । त्यहाँ ‘म्युट एन्ड ब्लक’ भन्ने विकल्प आउनेछ । त्यसमा क्लिक गरिसके पछि कुन अकाउन्ट, अथवा कस्तो किसिमो शब्द म्युट गर्ने त्यो देखा पर्छ त्यसमा क्लिक गरि सके पछि प्लस चिन्ह देखाउछ ।

त्यसमा क्लिक गरेपछि तपाईंले नोटिफिकेसन म्युट गर्न सक्नुहुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button