समाचार

स्वाब सङ्कलन गर्न सवारी साधन हस्तान्तरण-GoodNews

Gobal IME Bank

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोरोना परीक्षणका लागि सहयोग पुर्याउन सशस्त्र प्रहरी बल अस्पताललाई घुम्ती स्वाब सङ्कलन सवारी साधन तयार गरिदिएको छ । नाष्टका सचिव डा. महेशकुमार अधिकारीले सशस्त्र प्रहरी उपरीक्षक डा. शैलेन्द्र श्रेष्ठलाई ‘मोबाइल स्वाब केलेक्सन बुथ भेइकल’ हस्तान्तरण गर्नुभयो । सो सवारी साधन विभिन्न सशस्त्र प्रहरी व्यारेकमा कोरोना परीक्षणका लागि प्रयोग ल्याइने र आवश्यक परेको खण्डमा सर्वसाधारको पनि परीक्षण गरिने जनाइएको छ ।

नाष्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले कोरोना जोखिम बढ्दै जाँदा यसबाट सुरक्षित रहन ‘अनुसन्धान र विकास’ मा ध्यान दिन आवश्यक भएको बताउनुभयो । वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले ‘मूलुकका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई आत्मसात गर्दै आफूहरुले महेन्द्रा स्कर्पियो पिक अपमा दुई वटा स्वाब सङ्कलन केन्द्र तयार गरेको जानकारी दिनुभयो । यसअघि नाष्टले गत साउन १२ गते नेपाल प्रहरी अस्पताललाई ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स तयार गरी हस्तान्तरण गरिसकेको छ । नाष्टले पहिलो चरणमा साउन १० गते यसैगरी बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेइकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकल हाल देशका विभिन्न सरकारी निकायमा कोरोना परीक्षणका लागि प्रयोग भइरहेको बताइएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button