मुख्य समाचारसमाचार

मनसुन देशभर फैलँदै

Gobal IME Bank

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ ।

गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको महाशाखाले मनसुन आगमनसम्बन्धी विशेष बुलेटिन निकालेर जानकारी दिएको थियो ।

मनसुन क्रमिकरुपमा फैलिरहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखामा मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । “मनसुन सुस्त गतिमा छ, पश्चिमतिर फैलिन केही दिन लाग्छ, मनसुन प्रणाली केहीमात्रामा कमजोर रहे पनि वर्षा भने निरन्तर हनुेछ”, उहाँले भन्नुभयो ।

मनसुन सुस्त गतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ । यसपाली एकदिन ढिला गरी मनसुन प्रवेश गरेको छ । पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभर फैलिन केही दिन लाग्छ । यो वर्ष सरदरभन्दा कम वर्षा हुने जनाइएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानमा र कोशी प्रदेशका तराईका भू-भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button