Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

बिहानै पानी पिउँदा शरीरमा हुने फाईदाहरु…

काठमाडौं । पानी हाम्रो जीवनका लागि अति आवश्यक तत्व हो । दैनिक बिहान बासी मुखमा पानी पिउनाले हाम्रो मुखमा हुने एक किसिमको र्याल हुन्छ, जसले हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ । र्याल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको काम गर्दछ र हामीले थाहै नपाइ हामीलाई कयौं रोगबाट बचाइ रहेको हुन्छ ।

पानी पिउनाले शरीरको धेरै रोग निको हुन्छ, पानीले छालाको रोग पनि लाग्न दिँदैन। पानी कुन समयमा कति मात्रामा पिउने पढ्नुहोस्

बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अंगहरु ज्यादा सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्दछ । साथै बासी मुखमा पानी पिउँदा शरीरभित्रका बिकारहरुलाई पनि सफा गर्ने काम हुन्छ ।

पानीले रगतमा भएका विषाक्त पदार्थलाई सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोशिका र तन्तु बन्न मद्दत मिल्छ , यसले तौललाई सन्तुलित गर्न पनि सहयोग पुर्याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मददत मिल्छ । सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरुलाई फाइदा हुन्छ। यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै ह्रिदयघातको जोखिमबाट पनि बचाउछ ।

नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउँदा हाइ ब्लडप्रेसर लाइ कन्ट्रोल गर्न मद्दत मिल्छ । साँझको खानाभन्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिने हुनाले धेरै खानाको जरुरत पर्दैन जसले तपाइलाइ शरीर मोटाउनबाट जोगाउछ।

जुन स्थानमा भएपनि तनावमा पर्दा तत्काल १ गिलास पानी पिउनुहोस यसले तपाइको दिमागलाई शान्त राख्न मद्दत गर्दछ र तपाइको तनाव पनि कम हुन्छ । पानी पिउने नियमलाई पालना गर्नु भयो भने यसबाट हुने फाइदा तपाइलाई मिल्न थाल्छ जसले गर्दा स्वास्थ्यसँग जोडिएको समस्याहरुलाई समाधान गर्न सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button