मनोरञ्जनसमाचार

शुक्रबारदेखि प्रदर्शनमा यी पाँच नयाँ चलचित्रहरु

Gobal IME Bank

काठमाडौँ । नेपाली सिने क्षेत्रमा पछिल्लो समय दर्शकहरुको मन लोभ्याउने चलचित्रहरु प्रदर्शनमा आउने गरेका छन् । दर्शकहरुले हलमा लागेका चलचित्रहरु हेरेपछि पनि राम्रै प्रतिक्रिया दिँदै गरेको देखिन्छ । त्यसो त पुराना हाम्रा चलचित्रहरु भने नराम्रा बनेको भन्नु तात्पर्य हैन् ।

तर पछिल्लो समयमा सिने क्षेत्रमा दखिएका केहि अनुहारहरुलाई भने दर्शकहरुले राम्रै रुचाएको भान हुन्छ । प्रदर्शनमा लागिरहेको चलचित्र २ नम्बरीलाई दर्शकहरुले राम्रै रुचाएको देखिन्छ । साथै सो चलचित्रले लगानी र आम्दानी दुबैमा राम्रो फड्को मारेको पनि निर्माताले बताउँदै आएको छ ।

चलचित्रमा लामो समयपछि कलाकार दया हयाङ् राई र सौगात मल्लको जोडीलाई दर्शकहरुले देख्न पाएको हो । राम्रो कथा र कलाकारको समिश्रणले एउटा चलचित्रलाई सिने बजारमा बिकाउनमा एउटा प्रमुख भुमिका नै हुन्छ । अब कुरा गरौं हालचाल प्रदर्शनमा आउन लागेका चलचित्रहरुको । आज शुक्रबारदेखि प्रदर्शनमा पाँचवटा नयाँ चलचित्रहरु आएका छन् । नेपाली तथा विदेशी गरि पाँचवटा नयाँ चलचित्रहरु नेपाली हलहरुमा लागेका हुन् ।

चलचित्रहरु नेपाली फिल्म ‘हिजो आजका कुरा’, हिन्दी फिल्म ‘डक्टर जि’, तेलुगु फिल्म ‘गडफादर’ , जापानी एनिमेसन फिल्म ‘वान पिसः रेड’, र कन्नड फिल्म ‘कांतारा’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

नेपाली चलचित्र ‘हिजो आजका कुरा’ लाई साकार पन्तले निर्देशन गरेका छन् । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कमेडी ड्रामा जनराको रहेको छ ।

उता बलिउड तर्फ आयुष्मान खुराना र रकुल प्रित सिंह स्टारर कमेडी ड्रामा ‘डक्टर जि’ पनि आजबाटै प्रदर्शनमा आएको छ । अनुभुती कश्यपको निर्देशनमा बनेको चलचित्रलाई दर्शको माया र साथ कस्तो पाउने हो भन्नेबारे भने समयले नै बताउला ।

यस्तै, मोहन राजाको निर्देशनमा बनेको एक्सन क्राइम ड्रामा ‘गड फादर’ पनि प्रदर्शनमा आएको छ । फिल्ममा चिरनञ्जिवी, नयनतारा र सलमान खानलगायतको अभिनय रहेको छ ।

त्यस्तै एक्सन एडभेन्चर जनरामा बनेको जापानी एनिमेसन फिल्म वान पिसः रेडले सबैभन्दा बढी शो पाएको छ ।

यस्तै, दुई हप्ताअघि कन्नड भाषामा प्रदर्शन भएको ‘कांतारा’लाई दर्शकले राम्रो प्रतिक्रिया दिएपछि र फिल्मले सानदार कमाई गरेपछि हिन्दीसहित तमिल र तेलुगु भाषामा डब भएर शुक्रबारदेखि फिल्म प्रदर्शनमा आएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button