मुनि बहादुर शाक्य: एसिया र नेपालबाट पहिलो माइक्रो कम्प्यूटर आविस्कार गर्ने वैज्ञानिक
Muni Bahadur Shakya
काठमाडौँ। मुनि बहादुर शाक्य नेपाली वैज्ञानिक हुन् जसले नेपाली भाषामा सञ्चारलाई सहज बनाउनका लागि देवनागरीमा कम्प्यूटर बनाएका थिए । विश्वले चिनेको यि कम्प्युटर वैज्ञानिकलाई नेपाल सरकारले भने आजसम्म पनि चिन्न सकेको छैन । मुनि बहादुर शाक्यका आविष्कारहरु हिजो र आज दुबै पुस्ताका लागि उपयाोगि छन् । सन् १९७९ मा शाक्यले पहिलो माइक्रो कम्प्युटर नेपालमा नै बनाएका थिए त्यसपछि उनले नेपालीका लागि एकपछि अर्को कम्प्युटरका आविष्कारहरु गर्दै गए । देवनागरी कम्प्युटर, सुपर कम्प्युटर र ग्रीन कम्प्युटर उनका उत्कृष्ट प्रविधि आविष्कारहरु हुन् । जुन नेपाल र नेपालीका लगि अति उपयोगी छन् ।
मुनि बहादुर शाक्यको जन्म ललितपुको पाटनमा सन् १९४२ मा भएको थियो । आफ्नो बाल्यकालमा जिज्ञासु किसिमका बच्चा थिए उनी । अन्तरिक्षमा पुगेका यूरी गागरिनको समाचार सुने पछि उनी यति खुशी भएका थिए कि उनले आफ्नो हजुरबुवाको चस्माको लेन्सबाट टेलिस्कोप बनाएका थिए । एक मिटर फोकल लेन्थ लेन्स आकाश हेर्नका लागि । भौतिकशास्त्र उनको मनपर्ने विषय थियो त्यसैले उनले त्रिचन्द्र कलेजमा विज्ञान अध्ययन गरेका थिए । सन् १९६२ मा उनि भारतको कलकतामा रेडियो इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्न गएका थिए ।
सन् १९७० मा उनी इङ्गल्यान्डमा कम्यूनिकेसन इन्जिनियरिङ अध्ययन गर्न गएका थिए । उनले फ्रान्समा ट्रेनिङ प्रोग्रमका लागि स्कलरसिप प्राप्त गरेका थिए । त्यसपछि उनले नेपाल फर्किएर पहिलो नेपाली माइक्रो कम्प्यूटर बनाएका थिए । सन् १९७८ उनलाई कम्प्यूटर बनाउने समानहरु प्रदान गरिएको थियो ।
उनले सन् १९७९ मा एसिया र नेपालको पहिलो माइक्रो कम्प्यूटर सार्वजनिक गरेका थिए । त्यसपछि रेडियो नेपालले उनको अन्तरवार्ता लिएको थियो र चिनिया पत्रिकाले उनको स्टोरि कभर गरेको थियो र ८८ राष्ट्रहरुले उनको बारेमा समाचार छापेको थियो । शाक्य भन्छन् “त्यसबेला म ८८ राष्ट्रको लागि हिरो भएको थिए ।”
आइबीएमभन्दा २ वर्ष पहिले नेपालमा नेपालीले नै माइक्रो कम्प्युटर बनाएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाएर सफल प्रयोग गरिसकेका छन् ।
विगत ४० वर्षको इतिहास बोकेको हाइटेक पायोनियर कम्प्युटर उत्पादन केन्द्रका वैज्ञानिक एवं कम्प्युटर विज्ञ मुनि बहादुर शाक्य आज पनि नेपालमा विज्ञान तथा प्रविधिको खोज अनुसन्धान, आविष्कार र प्रयोगमा उत्तिकै खटिरहेका छन् । शाक्यले सन् १९७९ मा आइबिएम कम्पनीको सोचभन्दा अगाडी रहेर नेपालबाटै पहिलो माइक्रो कम्प्युटर बनाएर नेपाल प्रविधि आविष्कार र प्रयोगमा अगाडी रहेको सन्देश विश्वभरि पुर्याउन सफल भएक व्यक्ति हुन् । सन् १९८३ डिसेम्बरमा देवनागरी लिपीको विकास गरेका शाक्यले वि.सं २०६३ सालमा सुपर कम्प्युटर सिष्टमको विकास पनि नेपालमा नै गरेका थिए ।
कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य विश्वको लागि कुनै अपरिचित नाम होइन किनकी सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए ।त्यही व्यक्ति नेपालका लागि भने गुमनाम बनिरहेका छन् कारण ३७ वर्ष अघिको विज्ञान तथा प्रविधिको ज्ञानभण्डार र क्षमता भएका शाक्यको कम्प्युटर आविष्कारलाई प्रयोगमा ल्याउन न त सरकार, न त सूचना प्रविधि क्षेत्रका व्यवसायी नै चासो देखाउँछन् ।
आइबिएम कम्पनीभन्दा २ वर्ष पहिले नेपालबाट नै माइक्रो कम्प्युटर बनाउने मस्तिष्क भएका शाक्यको आविष्कारहरु पछि पर्नुमा विज्ञान तथा सूचना प्रविधिमा राज्यको चासो नहुनु प्रमुख कारण हो । माइक्रो कम्प्युटर, सुपर कम्प्युटर, देवनागरी कम्प्युटर र ग्रीन कम्प्युटर बनाएका शाक्यका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक छन् र आजको पुस्ताका लागि पनि ठिक हुने विज्ञान प्रविधि उपयोगि हुदाहुदै पनि किन प्रयोगमा आएन र ल्याउन दिइएन ?
आइबिएम जस्तो कम्पनी जसले त्यतिबेला माइक्रोकम्प्युटर बनाउने सोच गरिरहेको बेला एउटा साधारण नेपाली प्रतिभाले माइक्रो चिप्स प्रविधिमार्फत पहिलो माइक्रो कम्प्युटर नेपालबाटै बनाउन सफल भए । माइक्रो कम्प्युटर बनाएर शाक्य चुप लागेर बसेनन् । सन् १९८३ मा देवनागरी पहिलो नेपाली कम्प्युटर बनाएर सफल प्रयोग समेत गरेर देखाए । सन् २००६ मा शाक्यले सुपर कम्प्युटर बनाए ।
शाक्यको प्रतिभालाई देखेर अमेरिकाको एक कम्पनीले आजभन्दा २५ वर्ष अगाडी अमेरिकामा नै बस्न आग्रह गरे पनि त्यसलाई अस्वीकार गर्दै आफ्नै देशमा विज्ञान प्रविधिमा काम गर्ने सोचका साथ नेपाल फर्किए र वि. सं २०४२ सालमा हाइटेक पायोनियर नामको पहिलो कम्प्युटर बनाउने कम्पनी खोलेर कम्प्युटर र यसका पार्ट्सहरूको इनोभेसनमा लागिरहे ।
करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरेका शाक्यको प्रविधितर्फको क्षमतालाई नेपाल सरकारले साथ दिएको भए नेपालले कम्प्युटर निर्माणको क्षेत्रमा ख्याति कमाउने थियो । राज्यले पहिचान दिएको भए शाक्यको जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति छ ।