Grace Computer Jawalakhel
समाचार

नाङ्गो

एजेन्सी । विभिन्न आवरणहरूले नढाकिएको वस्तुलाई नाङ्गो भनिन्छ। कपडा बिनाको शरीर, म्यान बिनाको तरबार, प्लास्टिक खोल बिनाको तार। बाहिरी आवरणसँग जोडिएको अस्तित्वले नाङ्गोपनलाई अस्तित्वहीन ठान्छ। समाजमा नाङ्गो हुनु भनेको इज्जत जानु हो। नङ्गिएको सबैले हेर्न चाहन्छन् तर नाङ्गिन कोही चाहँदैनन्। नाङ्गो हुनु प्रकृतिसँग नजिकिनु हो। नाङ्गो त कटु सत्य हो, वास्तविकता हो, एकमात्र अस्तित्व हो। तर समाजमा सत्यको स्थान हुँदैन, सत्यको कथाको हुन्छ। त्यसैले नाङ्गो विचार समाजको व्यवस्थाको लागि, समाजको सोच्ने शैलीको लागि एउटा खतरा हो। जिउँदा नाङ्गै जन्मिएम, मर्दा नाङ्गै जलाईयो तर जीवनभर बाहिरी खोस्टाको ढाकछोप मै बित्यो। न आफ्नो सत्य बुझ्यौँ, न अस्तित्व नै चिन्यौँ। बाँच्नु अघि र मरेपछिको स्वतन्त्रता अपनायौँ।

छोप्नु भनेको जिज्ञासा हो र नाङ्गो उत्तर। तार भित्र तामाको मसिना रेसा हुन्छ सबैलाई थाहा छ, छोपिएको अङ्ग कस्तो हुन्छ नी सबैलाई थाहा छ तर पनि जिज्ञासा सबैको मनमा उठ्छ। त्यही जिज्ञासा नै काम बन्ने हो। त्यही कामबाट पाप हुने हो। सायद नाङ्गो भए कसैले आँखाले नङ्गयाउने प्रयास गर्दैन थिए होला। मिलन हुन एकअर्काको सत्य बुझ्न आवश्यक हुन्छ, त्यसका लागि नाङ्गिन आवश्यक हुन्छ। तार तार जोडेर बिजुली निकाल्न नी प्लास्टिक भित्रको तामाको रेसा रेसा जोड्नु पर्ने हुन्छ। त्यसैले आत्मियता हुन नाङ्गिनु पर्ने हुन्छ।

नाङ्गो शरीरमा स्पर्श गर्दा आउने तिम्रो अंश, नाङ्गो खुट्टाले धर्तीमा हिँड्दाको माटो र प्रकृतिको अंशले हामी जोडिएका छौँ। नाङ्गो आँखाले देख्ने संसार, नाङ्गो कानले सुन्ने गहिराइ र नाङ्गो विचारको प्रभाव बेग्लै हुन्छ, खास हुन्छ। तर यस समाजले नाङ्गोलाई गरेको धिक्कारले हाम्रो परिप्रेक्ष्यमा अपरिवर्तनीय असर पारेको छ। यी सामाजिक आवरण हाम्रो सुरक्षाका लागि हो भन्छन् तर हामीलाई प्रकृतिबाट टाढा बनाउने र अस्तित्व मेटाउने नै मूल उद्देश्य हो। सबै नाङ्गीय भेद मेटिन्छ, भेद मेटिए समाजको आधार।

आफ्नो शरीर देखि आफैलाई लाज लाग्ने बनाउने समाज नै हो। आफ्ना नाङ्गा विचार प्रस्तुत गर्न वञ्चित गर्ने नी समाज नै हो। नाङ्गा शरीर, नाङ्गा विचार भित्री कोठामा, अँध्यारो कुनामा, बाँधिएको र निसासिएको। नाङ्गोपन महसूस गर्ने कुरा हो। नाङ्गो गलत होइन। हामी त यति सम्म ढाकियौँ की आमाले बच्चालाई दूध खुवाउँदा पनि नाङ्गो शरीर देख्छौँ, ममता होइन। यदि देवीको नाङ्गा मूर्तिमा भक्तिभाव साथ स्पर्श गरेको भए बुझ्थ्यौँ नाङ्गोपन कति सुन्दर छ। यदि नाङ्गिनु पाप हो भने, हरेक मन्दिर आफैमा एउटा पाप हो। जो नाङ्गो छ, आफ्नो अस्तित्व भन्दा माथि उठेको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button