मुख्य समाचारसमाचार

नेकपा (एस): संसदीय दलको बैठक बस्दै

Gobal IME Bank

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो ।

प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ । संसदीय दलको नेतृत्व छनोट गर्न बैठक बस्न लागेको पार्टी कार्यलय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने र सर्वसम्मत भएमा उहाँलाई सो पदको जिम्मेवारी दिने छ । पार्टीका तर्फबाट प्रदेशसभा सदस्यलाई पनि केन्द्रमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको छ ।

स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको पार्टीले नयाँ जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन शीर्ष नेतृत्वबाट छिट्टै प्रशिक्षण दिने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button