मनोरञ्जन

शनिबारबाट काठमाडाैंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

Gobal IME Bank

Nepal-Africa-Film-Festival

काठमाडौं–नेपाल र अफ्रिकाको चलचित्रबाट संस्कृति आदन प्रदानको उस्देश्य सहित हरेक वर्ष “नेपाल अफ्रिका चलचित्र महोत्सव” आयोजना हुने भएको छ । स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सव हो । जमलस्थित नाचघरमा आयोजना हुने महोत्सव कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले आयोजना गर्न लागेको हो । हरेक वर्ष आयोजना हुदै आएको महोत्सवका लागि जम्मा २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टुन फिल्म चयन गरिएको छ,जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको जनाइएको छ । कात्तिकको तेश्रो सातामा सातौं सँस्करण हुन लागेको हो । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले यो पटकको महोत्सव तीन दिनसम्म आयोजना हुने जनाएकी छिन् ।

यस महोत्सबमा नेपाल र अफ्रिकाको चलचित्र मात्र नभई अन्य देशका चलचित्र समेत समावेश गरिने छन् ,ति मध्य अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सवमा नेपालसहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।

यस महोत्सबमा अफ्रिकाको क्रान्ति, इतिहासको कथा , त्यहाँको जीवनशैली, संघर्षको कथायुक्त फिल्महरु समावेश गरिने छ । महोत्सवमा नेपालबाट सुम सापकोटा निर्देर्शित पाखुरे, सृजना तावेवुङ निर्देशित देवकी, सुनिल पाण्डे निर्देशित अनन्त यात्रा, निमबहादुर बस्नेत निर्देशित हलो, अनुरुध्र आत्रेय निर्देशित अर्ध लिखित, गणेशजङ्ग रावल निर्देशित भोक, आशिष भण्डारी निर्देशित पेन्सिल, महेस दाहाल निर्देशित रिभर्स, महेश्वर साम्बाहाम्फे निर्देशित नाम्लो, भिमलाल श्रेष्ठ निर्देशित मकै विवाह र नेपाल पर्यटन बोर्डको नेपाल ल्याण्ड आफ डाइभर्सिटी रहेको छ ।

प्रवेश निशुल्क गरिएको महोत्सवमा ६ जना सिनेकर्मी अफ्रिका फ्रान्स र अन्य मुलुकबाट समेत सहभागी हुने आयोजकले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button