मुख्य समाचारसमाचार

सांसदहरुको मात्रै कार्यकाल सकिएको हो, महाअभियोगबारे आगामी संसदले प्रष्ट पार्छ: नेपाल बार एशोसिएशन – Good News 24

Gobal IME Bank

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ ।

आईतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निलम्वित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताउनु भयो । उहाँले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताउनु भयो ।

उहाँले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरुको कार्यकाल सकिएको हो । संसद सकिएको होइन । संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो ।

संसद अविछिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद सकिँदैन । सांसदहरुको कार्यकाल सकिएको छ । तर कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडी बढिसक्यो कि उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब त्यो आगामी संसदले त्यसलाई प्रष्ट गर्नेछ ।’
उहाँले बारले हालसम्म कुनै बिरोधको कार्यक्रम तय नगरेको स्पष्ट पार्नुभयो । प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने बिरोधको कार्यक्रम हुने उहाँको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button