बैंक/बित्तसमाचार

इन्भेष्टमेन्ट मेगा बैंकका व्यवस्थापकलाई आत्महत्या दुरुत्साहन मुद्दाको तयारी

Gobal IME Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालिन मेगा बैंक हेटौडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल उर्लिरहेको त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन ।

सोमबार बैंकको केन्द्रीय कार्यालयका हाकिमहरुले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेका हुन् । निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिुशली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङक प्रहरी प्रमुख गौतम मिश्रका अनुसार सोमबार साँझै नै माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी घटनास्थल पुग्दा बा.प्र ०३-००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला मात्रै फेला पर्‍यो । निराजनको अवस्था पत्तो लागेन । मंगलबार दिनभर खोजी गर्दा उनको शव नभेटिएको प्रहरीको भनाई छ ।

मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटाले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाइका कारण राजिनामा दिएका थिए । मर्जरपछि राजिनामा दिइसकेका उनलाई बैंक सञ्चालकहरुले नउठेका ऋणको छानविन गर्न भन्दै पटक-पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिएका बताइन्छ । त्यसरी टर्चर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ ।

स्रोतका अनुसार नदीमा हाम फालेका देवकोटाले सुसाइड नोट समेत लेखेको र सो सुसाइड नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओसहितका व्यक्तिको गाली गलौज र दवाव मुख्य कारण खुलाएको जनाइएको छ । सुसाइड नोटबारे थप पुष्टि हुन बाँकी छ ।

घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति पाण्डेसँग जिज्ञाशा राख्दा जवाफ दिन चाहेनन् । जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएका र फर्कदा घटना भएकोले बैंकका उच्च व्यवस्थापकमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने सम्भावना देखिएको छ ।

पीडित परिवार हेटौंडा उपमहानगरपालिका २ चौकीटोलका बासिन्दा हुन् । उनी नारायण देवकोटाका छोरा हुन् । नारायण देवकोटा हेटौंडाका सहकारी अभियन्ता हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button