समाचार

नेपाल आयल निगमको नयाँ कार्यालय भवन बनाउने योजना-GoodNews24

Gobal IME Bank

नेपाल आयल निगमले वार्षिक कार्यक्रममा पेट्रोलियम पाइप लाइन विस्तार गर्ने, भण्डार क्षमता बढाउने र नयाँ भवन बनाउने योजना बनाएको छ। निगमले चालू आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा वार्षिक कार्य योजना प्रस्तुत गरेको थियो। त्यसैको आधारमा निगमले कार्ययोजना बनाएको हो।

कार्ययोजना अनुसार नेपाल आयल निगमले बबरमहलमा रहेको केन्द्रीय कार्यालयलाई भत्काएर नयाँ भवन बनाउने भएको छ। मिटिङ हल, कर्मचारी सबैलाई बस्ने ठाउँको अभाव, अन्तर्राष्ट्रिय छलफल भवन अभाव भएकाले नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनु भएको छ। उहाँका अनुसार कम्पनी छनोटका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया भइरहेको छ। टेकुमा कार्यालय सारेपछि केही साताभित्रै प्रक्रिया पूरा गरेर टेण्डर आह्वान गरिने छ। भवन बनाउन करिब पौने दुई अर्ब खर्च हुने निगमको अनुमान छ। निगमका अनुसार टेण्डर आह्वान भएर कम्पनी छानी सम्झौता भएपछि करिब तीन वर्षमा नयाँ भवन बन्ने छ। निगमले डिजेल भण्डारणको लागि पोखरामा ५-५ लिटरको दुई वटा १० हजार किलोलिटरको ट्याङ्की बनाउन लागेको छ। त्यसको अनुमानित लागत एक अर्ब छ। त्यसक्षेत्रमा हाल तीन दिको माग धान्ने २२ सय किलो लिटरको ट्याङ्की छ। १० हजार किलोटिरको ट्याङ्की बनेपछि एक महिनाको माग धान्न सकिने प्रवक्ता उपाध्यायले जानकारी दिए। भण्डारण निर्माणका लागि भारत ट्यांक कम्पनीले जिम्मा पाएको छ। अब दुई वर्षभित्रमा उक्त भण्डार निर्माण सकिने छ। यसको टेण्डर आह्वान गरी एक कम्पनीलाई जिम्मा दिइएको छ।

यो पनि पढ्नुहोस्

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button