अन्यसमाचार

नेपाली पब्जी टिम डीआरएस गेमिङ अलस्टार्स स्टेजमा तेस्रो

Pubg Mobile

Gobal IME Bank

काठमाडौं । नेपाली पब्जी टिम डीआरएस गेमिङले तीन दिनमा ९० हजार अमेरिकी डलर करिब एक करोड २० लाख नेपाली रुपैयाँ  जितेका छन् । मंगलबारदेखि बिहिबारसम्म चलेको पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ को अलस्टार्स स्टेजमा तेस्रो हुँदै डीआरएस गेमिङले पुरस्कार जितेको हो ।

पहिलो दिनमा मध्यम खालको सुरुवात गरेको डीआरएस गेमिङले दोस्रो दिनमा उत्कृष्ट खेल खेल्दै अङ्क तालिकामा सातौँ स्थानबाट दोस्रो स्थानमा उक्लिएको थियो । तर तेस्रो दिनमा राम्रो खेल देखाउन नसक्दा टिम दोस्रो स्थानको टिमभन्दा चार पोइन्टले पछाडि परेको हो । अलस्टार्स स्टेजको अङ्क तालिकाको पहिलो स्थानमा थाइल्यान्डको पब्जी टिम भ्याम्पाएर ई स्पोर्ट्स र दोस्रो स्थानमा कोरियन पब्जी टिम डिप्लस किया रहेको छ ।

डीआरएसले अलस्टार्स स्टेजमा कूल ९८ एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनरसहित कूल १५३ ल्याएको छ । पहिलो स्थानमा रहेको टिम भ्याम्पाएर ई स्पोर्ट्सको १८७ र दोस्रो स्थानमा रहेको टिम डिप्लस किया १५७ पोइन्ट रहेको छ । यसका साथै अलस्टार्स स्टेजको मोस्ट भ्यालुएबल प्लेयर डीआरएस गेमिङका किलरवाइटी भएका छन् । उनले अलस्टार्स स्टेजमा ३५ एलिमिनेसन गरेका थिए ।

अलस्टार्स स्टेजको विजेता भ्याम्पाएर ई स्पोर्ट्स एक लाख ४० हजार डलर ९करिब एक करोड ८५ लाख रुपैयाँ र उपविजेता डिप्लस कियाले एक लाख १५ हजार डलर ९करिब एक करोड ५१ लाख रुपैयाँ जितेका छन् । योसँगै अङ्क तालिकाको शीर्ष सात टिम मेन टुर्नामेन्टको लागि पनि छनोट भएका छन् । जसको पुरस्कार राशि २० लाख अमेरिकी डलर ९करिब २६ करोड ३८ लाख रुपैयाँ० रहेको छ ।

अर्को चरणमा डीआरएस गेमिङ, भ्याम्पाएर ई स्पोर्ट्स, डिप्लस किया सँगै गेमिङ्ग ग्लाडिएटर्स, अल्फा सेभेन ई स्पोर्ट्स, टिम फाल्कोनस् एएफ र इन्फिनिटी आइकिउ रहेका छन् । मेन टुर्नामेन्ट आज शुक्रबारदेखि आइतबारसम्म चल्नेछ । जसको लाइभ दिउँसो ४: ४५ देखि ‘पब्जी मोबाइल ई स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button