अन्यसमाचार

कलाकार रोबिन तामाङको निधन

Nepali Artist

Gobal IME Bank

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । मंगलबार साँझ बूढानीलकण्ठस्थित घरमा तामाङको शव भेटिएको थियो । मृत्युको कारण हाल सम्म खुलेको छैन ।

रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । निकट स्रोतले उक्त खबर आधिकारिक भएको पुष्टि गरेको छ । ६० वर्षीय तामाङको मृत्युको कारण भने खुलेको छैन ।

तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् ।चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो आदि उनका हिट् गीतहरु हुन् साथै उनले छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौँ चलचित्रहरुमा अभिनय पनि गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button