Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

जापानको टोकियोमा गुन्जियो नेपथ्य: स्वदेश सम्झाउने गीत “कोशिको पानी” बाट कन्सर्टको सुरुवात

Nepathya

काठमाडौँ। नेपालीहरुको लोकप्रिय लोक रक ब्याण्ड नेपथ्यले जापानको राजधानी टोकियोमा तिन दिन सांगीतिक कन्सर्टको सुरुवात गरेको छ । मंगलबार बेलुकी तोयोसु पिट हलमा कोशिको पानी बाट प्रस्तुति सुरु गरेको नेपथ्यको प्रस्तुति हेर्न तीन हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

त्यसपछि गायक अमृत गुरुङले ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ गाउन्जेल माहोलमा पूर्णतया कब्जा जमायो । प्रस्तुतिका बीच अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे । ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगतलाई सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच सांगीतिकदेखि लिएर मिलन बिछोडसम्मका अनेक यादहरु छन् ।’

त्यसपछि उनले ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’ गीत सुनाउँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्वीर देखाइएको थियो ।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितिसँगै केही जापानी अनुहार पनि देखिन्थे । स्थानीय समयअनुसार बेलुकीको ठीक साढे ६ बजे सुरु भएको कन्सर्ट १६ वटा गीत र दुईवटा म्युजिक भिडियो देखाएर दुई घन्टाभन्दा बढी अवधि सम्म चलेको थियो । सधैँ झैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मैं नाचें छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’सम्म आइपुग्दा हलभरि दर्शकहरु नृत्य गरिरहेका देखिन्थे ।

टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुति फुकुओका सहरमा हुनेछ । १२ अगस्टमा त्यहाँस्थित ‘फुकुओका सिभिल हल’ मा नेपथ्य गुञ्जिनेछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button