समाचार

च्याउखेती थोरै लगानीमा मनग्य आम्दानी

Gobal IME Bank
११ पुस, कञ्चनपुर । रासस । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् । तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् ।

कृषक समूहकी सचिव शान्ति चौधरीका अनुसार, गाउँमै दिनमा रु १८० प्रतिकिलो बिक्री हुने र च्याउका लागि बजारको कुनै समस्या नभएको, गत वर्ष मात्रै  करिब सात क्विन्टल च्याउ बिक्री गरेको र  मुनाफा पनि राम्रो भएको जानकारी गराउनु भयो । गाउँका २८ जना समूहमा आबद्ध भएर सामूहिक च्याउखेती गरिरहेको बताउँदै चौधरीले अनुदान सहयोग मिलेपछि एक टनेल थप गरेर व्यवसायलाई विस्तार गरिएको बताउनुभयो ।

त्यसैगरी उक्त समूहलाई च्याउ उत्पादनका लागि टर्नेल (च्याउखेती गर्ने कच्ची घर) बनाउन कृषि ज्ञान केन्द्रले पनि रु ३४ हजार सहयोग गरेको थियो । बेलौरी नगरपालिका–५ का वडाध्यक्ष सेटुकुमार चौधरीले स्थानीय तहले पनि च्याउ उत्पादनका लागेका किसानलाई गत वर्षदेखि सहयोग गरिरहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले यहाँका स्थानीय तहका विपन्न समुदायका किसानको आयस्तर उकास्न गरिबी निवारण कोष र जीविकोपार्जन कार्यक्रम अन्तर्गत च्याउखेती गर्ने किसानलाई बिरुवा वितरण, टनेल निर्माण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा केही वर्षअघिदेखि च्याउखेतीमा आबद्ध गराउन १५ वटा कृषक समूहलाई सहयोग गरिएको कार्यक्रमका संयोजक राजकुमार सुनारले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कञ्चनपुर र कैलालीमा दुई वटा शीर्षकमा अनुदान रकम आएको बताउँदै ५० प्रतिशत अनुदान सहयोगमा किसानले समूह र एकलरुपमा च्याउखेती गरिरहेको जानकारी दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button