समाचार

शहीद परिवार र ज्येष्ठ नागरिकलाई कम्बल

Gobal IME Bank

राजविराज। शीतलहर पीडित सप्तरी मलेठका शहीद परिवार र ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मलेठका २५ ज्येष्ठ नागरिक तथा शहीद परिवारलाई कम्बल वितरण गरेको हो ।

चिसोका कारण जनजीवन कष्टकर भएपछि जाडो छल्नका लागि ज्येष्ठ नागरिक र शहीद परिवारलाई कम्बल प्रदान गरिएको संस्थाका अध्यक्ष भीमराज यादवले जानकारी दिनुभयो ।

यसैगरी केही दिन तराईमा बढेको चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोका कारण जनजीवन प्रभावितमात्र नभई अहिले वृद्धावृद्धा तथा बालबालिकालाई झनै प्रभाव परेको छ । खासगरी बिहान र साँझपख बढी चिसो लाग्ने भएकाले यसबाट बच्नका लागि स्थानीय प्रशासनले राजविराजको विभिन्न ठाउँठाउँमा दाउरासमेत बालेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button