Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

क्यानडाले चुरोटका खिल्लीमा पनि चेतावनीमुलक स्वास्थ्य सन्देश राख्न थाल्यो

No Smoking

टोरन्टो। क्यानडाले चुरोटको प्रत्येक खिल्लीमा स्वास्थ्यका लागि पार्ने असर सम्वन्धी चेतावनीमुलक सन्देश राख्न थालेको छ । सुर्तीजन्य पदार्थविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने योजना अनुरुप क्यानडाले गत मंगलबारबाट चुरोटको खिल्लीमा समेत चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

क्यानडा सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने विश्वकै पहिलो देश हो । क्यानेडाले सन् २००१ देखि नै चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक सन्देश राखेको थियो ।

यस पटक क्यानडा खिल्लीमा समेत चेतावनीमुलक स्वास्थ्य सन्देश छाप्ने विश्वकै पहिलो देश बनेको छ । गत मंगलबार देखि लागू यो नयाँ व्यवस्था चरणवद्ध रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।

अधिकारीहरुले यो व्यवस्था कार्यान्वयनमा आउँदा अब चुरोटको प्रत्येक खिल्लीमा फरक फरक सन्देश राख्ने जानकारी दिएका छन् । उनीहरुका अनुसार अब चुरोटका खिल्लीहरुमा फरक फरक सन्देशहरु राखिएको छ । जस्तै ‘चुरोटले तपाईँको अंग विगार्छ’, ‘चुरोट क्यान्सरको कारक तत्व हो,’ ‘ल्युकेमियाको कारण चुरोट हो’, ‘तपाईँ हरेक सर्कोमा विष तान्दै हुनुहुन्छ,’ आदि सन्देश राखिएको छ ।

सन् २०३५ सम्ममा क्यानडाले सुर्तीजन्य पदार्थको प्रयोगलाई ५ प्रतिशत भन्दा कममा झार्ने योजना बनाएको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले यो अभियानलाई उक्त योजनाको एक हिस्सा हो भनेका छन् ।

यी सन्देशहरु टिपिङ पेपरमा तयार हुने हरेक चुरोटका खिल्ली, सानो आकारको सिगार, ट्युव र अन्य सुर्तीजन्य पदार्थमा राखिनेछ ।

त्यसो त क्यानडाले यो नियम यत्तिकै ल्याएको भने होईन् । गतवर्ष नै झण्डै ७५ दिनको सार्वजनिक परामर्श पछि यो कदम चालिएको हो ।

‘चुरोटको खोलमा चेतावनीमुलक सन्देश त थियो नै अब भित्र भएका खिल्लीहरुमा पनि सन्देश राखिनेछ । यसले हाम्रो अभियानलाई सकारात्मक दिशा दिने छ,’ अधिकारीहरुले बताए ।

क्यानडाका मेन्टल हेल्थ एण्ड एडिक्सन मन्त्री क्यारोलिन बेनेटले सुर्तीजन्य पदार्थको प्रयोगले आफ्नो देशमा बार्षिक ४८ हजार बढीको मृत्यु हुने गरेको बताईन् ।

‘हामी चुरोटको प्रत्येक खिल्लीमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने विश्वकै पहिलो देश भएका छौँ,’मन्त्री बेनेटले अगाडी थपिन, ‘हाम्रो यो साहसी कदम हो ।’

सरकारको यो कदमलाई क्यानेडियन क्यान्सर सोसाइटी, हार्ट एण्ड स्ट्रोक फाउन्डेशन क्यानडा, तथा क्यानेडियन लंङ्स एसोसिएसनले स्वागत गरेको छ । उनीहरुले सरकारको पछिल्लो कदमले विशेषगरी युवा वर्गलाई धूमपानको लतबाट रोक्न मद्दत गर्नेछ।

धूम्रपानलाई फोक्सोको क्यान्सर, मुटु रोग र स्ट्रोकको जोखिमको कारक मानिन्छ ।

अमेरिकामा गरिएको एक अध्ययनले सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्दा यसको उपभोग दर कम भएको देखिएको छ । तर केही अध्ययनहरुले यसले सुर्तीजन्य पदार्थको कुलतमा लागिसकेका मानिसहरुलाई भने सघाउ पुरयाउँदैन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार सन् १९६० को मध्येमा ४२ प्रतिशत अमेरिकीहरु बयस्कहरु धूम्रपान गर्दथे । सन् २०२१ मा त्यो संख्या ११ प्रतिशतमा झरेको छ । तर अहिले विद्युतीय चुरोटको प्रयोग बढेको छ ।

नेशनल टोबाको एण्ड निकोटिन सर्भे २०२१ का अनुसार क्यानडामा १५ वर्ष वा सो भन्दा माथिका धूमपान गर्नेहरुको दर लगभग १० प्रतिशत छ । त्यहाँ पनि अमेरिकामा जस्तै विद्युतीय चुरोटहरुको प्रयोगदर बढदै गएको छ । पछिल्लो सर्भेले १७ प्रतिशत बढीले भाप प्रयोग गरेको देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थको सेवनका कारण सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमा वार्षिक ६ बिलियन भन्दा बढी खर्च हुने गरेको बताएको छ । त्यसो त सन् १९६५ मा लगभग आधा क्यानेडियनहरूले धुम्रपान गर्थे । त्यसपछि तुलना गर्दा क्यानाडामा धुम्रपानको दर लगातार घट्दै गएको छ ।

यसको कारण धुम्रपानका खतराहरूबारे जनचेतना बढेको कारण बताइन्छ। उनीहरुले सुर्तिजन्य पदार्थको बिक्री, प्रयोग, कर र विज्ञापनसम्बन्धी सङ्घीय र प्रादेशिक नियमहरूले पनि सबै उमेर समूहहरूमा घट्ने दरलाई निम्त्याएको दावी गरेका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button