Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

चुरोटको लत छोड्न प्रयोग गर्नुहोस् यी एपहरू 

Apps to quit smoking

काठमाडौं। विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ का अनुसार प्रत्येक वर्ष धुम्रपानका कारण ८० लाख बढी मानिसको मृत्यु हुने गर्छ । तीमध्ये ७0 लाख बढी प्रत्यक्ष सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्युको मुखमा पुग्ने गर्छन् ।

साथै अरूले धुम्रपान सेवन गर्दा आउने धुवाँका कारण बाँकीको मृत्यु हुने गरेको छ । धुम्रपान गर्ने व्यक्तिले आफू मात्र नभएर अरूको स्वास्थ्यलाई समेत जोखिम पार्ने गर्छन् ।​

धुम्रपान सेवन गर्नु एउटा नराम्रो लत हो । तर यो लतलाई हटाउन सकिन्छ । कतिपयले यो कुलत छोड्न प्रयास गरिरहेका हुन्छन्, तर असफल भइरहेका हुन्छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’ का अनुसार धुम्रपान सेवन गर्ने ७० प्रतिशतले यो बानी छोड्न चाहिरहेका हुन्छन् । अहिले विभिन्न संघसंस्थाहरूले त्यस्ता व्यक्तिहरूलाई मद्दत गर्न एप तथा वेबसाइटहरू बनाएका छन्, जसको प्रयोग गरेर त्यो लत त्याग्न सकिन्छ । यसलाई ‘नन-मेडिकल’ विधि पनि भन्ने गरिन्छ ।

मोबाइल एप

क्विट स्टार्ट
क्वित स्टार्ट एपमा धुम्रपान त्याग्नका सुझाव, तरिका, प्रेरणा र चुनौतीहरू राखिएको छ । यसमा आफ्नो धुम्रपानको अवस्था बारे जानकारी राख्दा एपले त्यसकैको आधारमा विभिन्न तरिका र जानकारीहरु उपलब्ध गराउँछ ।

यो एपमा तपाईंले धुम्रपान त्यग्न गरेको प्रयासको प्रगति देख्न सक्नुहुन्छ । त्यस्तै प्रोत्साहन स्वरूप एपले विभिन्न ब्याजहरु पनि दिने गर्छ । धुमपानबाट टाढा राख्न यसमा विभिन्न प्रकारका गेमहरू राखिएको छ । यस एपलाई अमेरिकी सरकारी निकायले धुम्रपान नियन्त्रण गर्न बनाएको हो । यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध गराइएको छ ।

क्विट नाउ
क्विट नाउ एक वेबसाइट तथा मोबाइल एप हो । यसले धुम्रपानको लत छाड्न सहयोग गर्ने बताइन्छ । सन् २०११ देखि सक्रिय यो एपलाई डब्लूएचओले नन(मेडिकल विधिका लागि सिफारिस गरेको छ ।

यो एपले धुम्रपान कति कम गर्नुभयो, त्यसले कति पैसा जोगियो, कति स्वास्थ्य सुधार भयो भन्ने कुराहरु देखाउछ । साथै एपले धुमपानको मात्रा, सेवन गर्ने समय आदि सुचिहरुलाई ट्रयाक समेत गर्छ ।

त्यस्तै धुम्रपानको लत छाडेकाहरू मानिसहहरुको ग्रुपमा बस्दा धुम्रपान त्याग्नका लागि प्रोत्साहन मिल्ने गर्छ ।

क्विट नाउ एपमा विश्वका २२ भाषाहरु उपलब्ध छन् । साथै यो एन्ड्रोइड र आईओएसमा समेत उपलब्ध छ ।

क्विट गाइड
यो एपले मानिसको धुम्रपान गर्ने शैली बुझेर त्यसको आधारमा कसरी छाड्न सकिन्छ भनेर सुझावहरू दिने गर्छ । एपमा धुम्रपान गर्ने व्यक्तिले के गर्दा धुम्रपान गर्छ, कुन ठाउँमा धुम्रपान गर्छ, कस्तो स्थितिमा हुँदा सेवन गर्छ भन्ने कुराहरू ट्रयाक गर्न सकिन्छ र त्यसको आधारमा एपले यो बानी छाड्न सहयोग गर्छ ।

यसका साथै धुम्रपान त्याग्नलाई सहयोगी विभिन्न टिप्स दिने, प्रगति ट्रयाक गर्ने, प्रोत्साहित गर्ने जस्ता काम यो एपले गर्छ । साथै एपमा आफ्नो बानीको दैनिक जर्नल समेत बनाउन सकिन्छ। यो एप पनि एन्ड्रोइड र आईओएस दुवै खालका प्रयोगकर्ताले चलाउन सक्छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button