समाचारसूचना प्रविधि

अनलाइन सपिङ थप सुरक्षित बनाउन ईसेवाले ल्यायो स्क्रो सुविधा

Online Shopping

Gobal IME Bank

काठमाडौँ। अनलाइन सपिङलाई अझ धेरै सुरक्षित बनाउनका लागि ईसेवाले ‘स्क्रो’ सुविधा ल्याएको छ। अनलाइन मार्फत सामान भुक्तानी गरेपनि भनेजस्तो सामग्री नहुने, सामग्री समयमै डेलिभरी नहुने तथा विक्रेता सम्पर्कविहीन हुने जस्ता समस्या झेल्दै आएका उपभोक्तालाई लक्षित गर्दै ईसेवाले नयाँ फिचर सार्वजनिक गरेको हो। यसबाट उपभोक्ताले ढुक्कसँग सपिङ गर्न सक्ने कम्पनीले दाबी गरेको छ।

ईसेवाको मोबाइल एपमा नै उपलब्ध स्क्रो फिचरले प्रयोगकर्तालाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्ने छ।

स्क्रोले अनलाइन लेनदेनमा एक तटस्थ तेस्रो पक्षका रूपमा काम गर्छ। यसले खरिदकर्ता र बिक्रेताबीच सुरक्षित रुपमा रकम आदानप्रदान गर्ने ईसेवाले बताएको छ । सम्भावित जोखिमलाई कम गरी अनलाइन सपिङका लागि सुरक्षित वातावरणलाई बढावा दिने कम्पनीको दाबी छ।

यो सुविधाअन्तर्गत कुनै पनि विक्रेता र कस्टुमर बिच लेनदेनको समयमा रकम पठाउने व्यक्तिले रकम प्राप्त गर्ने व्यक्तिलाई पठाएको रकम, रकम पठाउने व्यक्ति आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। रकम प्राप्त गर्नु पर्ने व्यक्तिले आफ्नो दायित्व पूरा गरेपछि बल्ल कस्टुमरले होल्डमा राखेको रकम विक्रेताले पाउनेछ।

यो फिचर प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचर भित्र प्रयोग गर्न सक्छन्। उदाहरणका लागि तपाईले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ। त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईले त्यो स्टोरलाई विश्वास गर्न सक्नुभएको छैन। यस्तो अवस्थामा तपाईले त्यो स्टोरले भने बमोजिम रकम पठाए पनि उसले पाएको हुँदैन। तपाईले पठाएको रकम तपाईकै खातामा होल्डमा हुन्छ। सामग्री पाएपछि बल्ल रकम रिलिज गर्न सकिने ईसेवाले जानकारी दिएको छ। यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीका लागि पैसा पठाउने जोखिम कम गर्न मद्दत गर्छ ।

अनलाइन सपिङ गर्दा ग्राहक ठगिने प्रवृत्ति बढेका बेला यो सेवा निकै उपयोगी हुने ईसेवाले बताएको छ ।

स्क्रो सुविधा ईसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध छ। यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ। अज्ञात प्रयोगकर्तासँग भुक्तानी गर्दा आफ्नो रकमको पनि सुरक्षा यो सुविधामार्फत गर्न सकिने ईसेवाले जनाएको छ।

यसले कसरी काम गर्छ ?

स्क्रो सुविधा प्रयोगका लागि निम्न प्रक्रिया अपनाउनुपर्छ।

१। ईसेवाको एपमार्फत आफ्नो खाता लग–इन गर्ने।

२। होम स्क्रिनमा देखिने ‘सेन्ड मनी’ अप्सन रोज्ने।

३। प्राप्तकर्ताको विवरण र पठाउने रकम भर्ने।

४। सोही पृष्ठमा देखिने स्क्रो सेवा अन गर्ने।यसो गरेपछि सेवाबापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउने र त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुपर्ने ईसेवाले जानकारी दिएको छ।

५। आवश्यकता अनुसार थप विवरण भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्ने।

६। ‘कन्फर्म’ बटन रोज्ने।

रकम पठाउने व्यक्तिले सेवा पाइसकेपछि होल्डमा बसेको रकम रिलिज गर्न मिल्छ। रिलिज गरेसँगै पठाएको रकम प्राप्तकर्ताको वालेटमा ट्रान्सफर हुन्छ र स्क्रो फिचरको सेवा शुल्क प्रयोग गर्ने व्यक्तिको वालेटबाट काटिने ईसेवाले बताएको छ।

यदि तपाईले ईसेवामार्फत पहिलोपटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सुविधा प्रयोग नगर्ने विकल्प रोज्नुभएको छ भने तपाईलाई स्क्रो सुविधा प्रयोग गर्न सूचित गरिने ईसेवाले जनाएको छ। प्रयोगकर्ताले यो सेवा प्रयोग नगर्न पनि सक्छन्।

तपाईले यसप्रकारका लेनदेन आफै व्यवस्थापन गर्न सक्नुहुन्छ। रकम जारी गर्ने, अनुरोध गर्ने वा लेनदेनमा कुनै विवाद भएमा उजुरी फाइल पनि गर्न सकिन्छ। भनेको जस्तो सामग्री र सेवा नपाएमा प्रेषक र प्रापक दुवैले उजुरी दर्ता गर्ने व्यवस्था रहेको ईसेवाले जनाएको छ। यसरी गुनासो वा उजुरी ईसेवाको एपमै भएको ‘कम्प्लेन’ अर्थात् गुनासो विकल्पमा गएर गर्न सकिन्छ। गुनासो गरेपछि ईसेवाले दुवै पक्षको कुरा बुझेर सही व्यक्तिलाई भुक्तानी रकम पठाउने काम गर्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button