मनोरञ्जनसमाचार

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित – Good News 24

Gobal IME Bank

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।
गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित हुनुभएको थियो ।

दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button