मनोरञ्जनसमाचार

‘आरआरआर’ को दोस्रो संस्करण बन्दै

RRR part two

Gobal IME Bank

मुम्बई। ओस्कार विजेता चलचित्र ‘आर आर आर’ को दोस्रो संस्करणको स्क्रिप्टमाथि काम सुरु भईरहेको छ । यो संस्करणमा चलचित्रको कथा अफ्रिकामा आधारित हुन सक्ने जानकारी दिइएको छ ।

यो जानकारी चलचित्रका लेखक तथा निर्देशक एसएस राजामौलीका पिता विजयेन्द्र प्रसादले दिएका हुन् । विजयेन्द्र प्रसादले चलचित्रको स्क्रिप्ट लेखिरहेको र स्क्रिप्ट पुरा गरेपछि राजामौलीसँग साझा गर्ने जानकारी दिएका छन् ।

सबै कुरा योजना अनुसार अघि बढे सन् २०२५ मा चलचित्रको प्रि–प्रोडक्सन सुरु हुनेछ । अहिले राजामौली महेश बाबूसँग ‘एसएसएमबी २९’ चलचित्रमा काम गरिरहेका छन् ।

बलिउड हङ्गामासँग कुराकानी गर्दै विजयेन्द्रले भने, ‘यसको दोस्रो संस्करण बन्न पनि सक्छ, न बन्न पनि सक्छ । २०२२ मा चलचित्र रिलिज भएपछि मैले यसको सिक्वेलको योजना छोरासँग साझा गरेको थिएँ । चलचित्रको कथा अफ्रिकामा आधारित रहेको छ । यो सीता राम राजू ९रामचरण० र कोमाराम भीम ९एनटीआर जूनियर० सँग पहिलो संस्करणको अन्त्य भएको ठाउँबाट सुरु हुनेछ ।’

राजामौलीलाई पनि यो योजना मन परेको र उनले यसको स्क्रिप्टमा काम गर्न भनेको उनको भनाई छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button