शिक्षा स्वास्थसमाचार

अब घरमै बनाउनुहोस् आफ्नो कपाललाई नरम र स्वस्थ, तरिकाहरु हेर्नुहोस्

Gobal IME Bank

एजेन्सी । हामीले कपाललाई स्वस्थ राख्नका लागि विभिन्न कस्मेटिक प्रडक्टहरु जस्तै स्याम्पु, कन्डिसनर र ट्रिटमेन्ट क्रिमको प्रयोग गरी रहेको हुन्छौँ । यी प्रडक्टको प्रयोग कपाल राम्रो त हुन्छ तर प्रडक्टको प्रयोग गर्न छोडे पछि कपाल पुन पहिले कै अवश्थामा आउने गर्छ । कपाललाई स्वस्थ अवश्थामा राख्नको लागि हामी घरेलु उपाय पनि अपनाउन सक्छौं ।

१. मुसुरोको दाल

मुसुरोको दाललाई पानीमा भिजाएर रात भरीको लागि छोडिदिने र भोलि पल्ट ब्लेन्डरमा राखेर भिजाएको दाललाई पिस्ने र पेस्टमा एक चम्चा मह र एक चम्चा दहि मिसाएर कपालमा लगाएर ३० मिनेट पछि कपाल धुँदा यो पेस्टले कपाललाई नरम तथा चम्किलो बनाउँन मद्दत गर्छ।

२. चिया पत्ती
एक गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने त्यसमा कागतीको रस मिसाउने। यो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।

३. बियर
एक गिलास बियर लिएर कन्डिसनरजस्तै गरी कपालमा लगाउने यसले कपाललाई चमकदार बनाउँछ ।

४. रम
कपाल सुक्खा छ, तर प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा मिसाएर कपाल पखाल्ने । यसले पनि कपाललाई नरम तथा चम्किलो बनाउँनका लागि मद्दत गर्छ ।

कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानको अधिक प्रयोग गर्नु राम्रो हुँदैन । केमिकल स्टेनिङ, कलरिङ आदि प्रक्रियाले कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर गर्न सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button