मुख्य समाचारशिक्षा स्वास्थसमाचार

छालामा चमक र निखारता ल्याउँन नरिवल पानी, अन्य थुप्रै फाइदाहरु…

Gobal IME Bank

एजेन्सी । नरिवल पानी जैविक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। हामीले प्राय खाई रहने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने फल हो। पोषणयुक्त यो फल स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ, यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ। यसमा ९४ प्रतिशत पानी हुनुका साथै यसमा क्यालोरीको मात्रा पनि कम हुन्छ। शून्य कोलेस्ट्रोल भएको नरिवलमा पानी र अत्यन्त स्वस्थ भिटामिनहरुले भरिपूर्ण रुपमा पाइन्छ। यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ। त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको हामीहरुले सोचेभन्दा बढी फाइदा छ।

मुटुका लागि लाभदायक
मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन। एक अध्ययन अनुसार नरिवल पानीले ह्दय घातको जोखिमलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरीरमा अनावश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउछ। नियमित एक गिलास नरिवल पानी पिउँदा मुटु रोग र ह्दयघातको जोखिम कम हुन्छ।

किड्नी स्टोनको खतरा घटाउँछ
नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउँछ। यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई बृद्धि गरी शरीरमा अत्यधिक पानी हुने समस्याबाट बचाउछ। यदि तपाईंंलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रबाहलाई तीब्र पारेर यस रोगबाट मुक्ति प्राप्त गर्न समेत सहयोग मिल्छ।

पखलाको उपचार
तपाईलाई पखला लागेको छ भने नरिवल पानी यसको अचूक औषधी हो। नरिवल पानीले तपाईको शरीरबाट खेर गइरहेको पानीको मात्रलाई पूर्ती मात्र गर्दैन इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ। शरीरभित्र भएका अनवाश्यक हानीकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ। नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ। हाम्रो शरीरमा आवश्यक पर्ने इलेक्ट्रोलाईट नरिवललमा पाइन्छ।

गर्मीमा शरीरलाई शितलता प्रदान गर्छ
गर्मीमा हुने उच्च तापक्रम र पसिनाले शरीर सजिलै सुख्खा हुन्छ। गर्मी भइरहेको बेला शरीरलाई आनन्द दिनका लागि नरिवल पानी निकै फाइदाजनक हुन्छ । कार्बोहाइड्रेट र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्स युक्त यो फल निकै ताजा पेय पर्दाथ हो।

व्यायायमपछि पिउँदा फूर्तीलो र तन्दुरुस्ती बढाउँछ
धेरै शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायम गर्दा डिहाइड्रेडको सम्भावना हुन्छ। यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुन सक्छ। व्यायामपछिको डिहाइड्रेसनबाट बच्नका लागि नरिवल पानी पिउनु निकै लाभदायक हुन्छ । यसमा क्यालोरिको मात्रा न्युन तथा पोटसियमको मात्रा उच्च भएकोले शरीरबाट खेरा गइरहेको तरललाई पूर्ती गर्नका लागि पनि यो लाभदायक हुन्छ।

छालामा चमकपन र निखारता ल्याउँछ
छालालाई चम्किलो बनाउने इच्छा कसको हुँदैन निश्चय नै ताजा नरिवल पानीको सेबनले छाला नरम बनाउनुको साथै छालामा चमक पनिल्याइदिन्छ। त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ। नरिवल पानीमा हुने काइटोकिनिस नामको तत्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र बृद्ध हुनबाट बचाउँछ।

गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति
नरिवल पानी स्वभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउन सुरक्षित मानिन्छ। गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लियपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ। त्यस्तै गर्भवतीले नियमित नरिवल र यसको पानी पिउँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button