अन्यसमाचार

धुर्मुसको सेन्टी भाइरसकाे पाेस्टर ५० हजार सवारीमा -GoodNews24

Gobal IME Bank

काठमाडौँ । फिल्मको व्यवसाय दिन प्रतिदिन बिग्रदो भएपछि निर्माता निर्देशकहरूले प्रचारका लागि फरक फरक तरिका अपनाउन थालेका छन् ।

यस्तैमा हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफूले निर्माण गरेको ‘सेन्टी भाइरस’को प्रचार ५० हजार सवारीमा फिल्मको पोस्टर टाँसेर गर्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियान सुरु गर्नुभएको थियो।

सो अवसरमा कट्टेल र अभिनेता बुद्धि तामाङलगायतले ट्याक्सीमा दर्जनभन्दा बढी पोस्टर टाँस्नुभएको थियो ।

कार्यक्रममा कलाकार सीतारामले फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खचिर्ने घोषणा गर्नुभयो । यसअगाडि उहाँले फिल्मको आम्दानीको २० प्रतिशत रङ्गशाला निर्माणमा खर्च गर्ने कुरा बताउनुभयो ।

‘दर्शकलाई एक पटक फिल्म हेरिदिन आग्रह गर्दछु’ सीतारामले भने ‘फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ ।’ कार्यक्रममा कट्टेलले आफ्नो फिल्मको पोस्टर नेपाल यातायात व्यवसायी महासङ्घले देशभरका ५० हजारभन्दा बढी सवारीमा टाँस्ने जानकारी दिए ।

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो ।

सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ ।

शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको फिल्म निर्माण डिन्डु लामा ह्योल्मोले गर्नुभएको हो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″] [irp posts=”4127″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button