मनोरञ्जनमुख्य समाचारसमाचार

ओस्कार अवार्ड ९५औं संस्करणका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस – Good News 24

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डको ९५औं संस्करणका लागि सिफारिस भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ लाई ओस्कार अवार्डको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण जस्ता पक्षलाई नियाल्दै ‘ऐना झ्यालको पुतली’लाई नै ओस्कार अवार्डको ९५औं संस्करणका लागि सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७९ भदौ ३० गतेभित्र ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई फिल्म बुझाउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आग्रह गरेके थियो । नेपालबाट ओस्कार अवार्डको लागि दिनेश राउत निर्देशित चलचित्र प्रकाश, सुवर्ण थापा निर्देशित चलचित्र राधा र सुजित बिडारी निर्देशितचलचित्र ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button