मुख्य समाचारसमाचार

प्रतिनिधिसभा बैठकः तीन वटा विधेयक पारित, भोलि अन्तिम बैठक बस्दै – Good News 24

Gobal IME Bank

काठमाडौँ । प्रतिनिधि सभाको अन्तिम बैठक भोली असोज १ गते शनिवार दिउँसो १ बजे बस्नेछ । आजको बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई वहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।

त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button