Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

“लुम्बिनी गुरुयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ” : पर्यटनमन्त्री किराती

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज लुम्बिनी आउनुभएको छ । लुम्बिनीको दर्शन गर्न उहाँ पहिलोपटक यहाँ आउनुभएको हो ।

“सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ तर भौतिक रुपमा आउन पाएको थिएन”, मन्त्री किरातीले भन्नुभयो, “समग्रमा लुम्बिनी राम्रो लाग्यो ।” उहाँले मायादेवी मन्दिरको दर्शन गरी दीप प्रज्वलनसमेत गर्नुभयो ।

लुम्बिनी भ्रमणपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले लुम्बिनी गुरुयोजनालाई पहिलो प्राथमिकतामा राखी अगाडि बढ्ने बताउनुभयो । उहाँले गुरुयोजना धेरै पछाडि परेको उल्लेख गर्दै यसलाई पूरा गर्न निर्देशन दिनुभयो ।

लुम्बिनी गुरुयोजनाभन्दा बाहिर गएर काम गर्ने साहस नगर्न उहाँले कोषका पदाधिकारीलाई चेतावनीसमेत दिनुभयो । “सबभन्दा पहिला हामीले लुम्बिनी गुरुयोजना पूरा गर्नुपर्ने हुन्छ, तोकिएका समयभन्दा २८ वर्ष बढी किन लम्बियोे भन्ने मेरो चासो रहेको छ”, किरातीले भन्नुभयो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button