Grace Computer Jawalakhel
मनोरञ्जनमुख्य समाचारसमाचार

अभिनेता पल शाह आज रिहा हुँदै

काठमाडौं । अभिनेता पल शाह आज रिहा हुँदैछन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता शाह आज रिहा हुन लागेका हुन् । अभिनेता शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

सबै अभियोगबाट पूर्ण सफाइ पाएको हुनाले आज (सोमबार) अभिनेता शाह रिहा हुन लागेको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका हुन् ।

शाहमाथी २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा एक बालिकाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। सोही अनुसार फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण पनि गरेका थिए ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button