शिक्षा स्वास्थसमाचार

पिसिआर परीक्षणको शुल्क घटेर अब ४ हजार ४ सय तोकियो-GoodNews24

Gobal IME Bank

सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिनु भएको छ। अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँने छैन। यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाउनु भएको छ। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने हुन्छ। साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्कको १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन गर्न पाइने भनिए पनि अब भने त्यो गर्न नपाइने डा. अधिकारीले बताउनु भएको छ। कुनै पनि अस्पताल वा प्रयोगशालाले ४ हजार ४ सय भन्दा बढी लिन पाउँने छैनन्।

 

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button