Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

पशुपतिनाथ दर्शनमा पुगेका प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पशुपतिनाथ दर्शनमा पुगेका प्रधानमन्त्री दाहाल प्रचण्ड’ ले आज पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।
उहाँले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाउनुभएको हो । उहाँलाई पशुपतिमा संस्कृतिमन्त्री सुुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गर्नुभएको थियो ।
पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गर्नुभयो ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button