काठमाडौं । भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली अभिनेता प्रदीप खड्काले डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् ।
‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको लागि अभिनेता खड्काले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।
यतिबेला प्रेमगीत ३ का निर्माताहरु भारतको पर्यटकीय सहर आग्रामा छन् ।
फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।