समाचारसूचना प्रविधि

नेपालमै बनेको पावर बैंक राउटर: मोबाइल र सीसीटीभीमा प्रयोग गर्न मिल्ने

Power Bank

Gobal IME Bank

काठमाडौँ। गेमिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको यार्सा टेक प्रालिले ‘निजी’ नामक मिनी इन्भर्टर ल्याएको छ । सोमबार एक भर्चुअल कार्यक्रम गर्दै कम्पनीले ‘जुनकिरी’ नामक बल्बसँगै ‘निजी’ पावर बैंक बजारमा सार्वजनिक गरिएको हो ।

निजीले पावरले ब्याकअपको समस्या समाधान गर्ने कम्पनीले जानकारी दिएको छ । गुणस्तरलाई ध्यानमा राख्दै यो प्रोडक्ट ल्याइएको कम्पनिले जानकारी दिएको छ ।

प्रोडक्ट गुणस्तरिय भएको छिटो नबिग्रने किसिमको छ । यदि बिग्रियो भने पनि एक वर्षको रिप्लेसमेन्ट र दुई वर्षको मर्मत वारेन्टी पनि निजि पावरमा छ ।

८,८०० एमएएच क्षमताको ब्याट्री रहेको निजीमा १२ र ५भोल्टका दुई ओटा पोर्ट रहेका छन् । यो डिभाइसले विद्युतीय उपकरण जस्तै स्मार्टफोन, सीसीटीभी, क्यामेरा, राउटर आदि डिभाइसमा आवश्यक चार्जिङ गर्छ ।

यो पावर बैंकले विभिन्न डिभाइसका लागि छदेखि आठ घण्टासम्मको ब्याकअप उपलब्ध गराउछ । त्यस्तै बत्ति जाने वित्तिकै निजीले जडान गरिएका डिभाइसलाई तत्कालै ब्याकअप उपलब्ध गराउछ । यो डिभाइसलाई नेपालमा उपलब्ध हुने प्रायः सबै जसो राउटरमा परीक्षण गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले निजीको मूल्य तीन हजार रुपैयाँ राखेको छ । उक्त डिभाइस नजिकैको बिजुली पसलबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले अँध्यारो र उज्यालोमा स्वतः अन अफ हुने लाइट ‘जुनकिरी’ पनि सार्वजनिक गरेको छ । विशेषगरी होर्डिङ बोर्ड, एड्भर्टाइजिङ बोर्डहरूमा राख्न सकिने उक्त बल्ब कम्पनीले होलसेलमा मात्र उपलब्ध गराउने बताएको छ । हाल प्लग उपलब्ध नभएकाले कम्पनीले होलसेलमा मात्र लाइट उपलब्ध गराएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button