समाचार

जनअपेक्षा छिट्टै पूरा हुने : अध्यक्ष दाहाल-GoodNews24

Gobal IME Bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाउनुभयो । “राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।”

उहाँले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उहाँको विश्वास छ । “देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीविलगायत संकल्प गर्ने दिनका रुपमा रहने छ”, उहाँले भन्नुभयो, “आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बर्ढाैँ ।”

“पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।”

संविधासभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो कम गौरवको कुरा होइन्, आम नेपाली र त्यसका लागि अनवरत सङ्घर्ष गर्ने र त्यसको नेतृत्व गर्ने पात्रको हैसियतले मलाई गर्वको अनुभूति हुन्छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button