मनोरञ्जनमुख्य समाचारसमाचार

‘प्रसाद-२’ को ट्रेलर सार्वजनिक, दर्शकहरुमा उत्साह र अपेक्षा बढाउन सफल

Gobal IME Bank

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को ट्रेलर सार्वजनिक भएको छ । चैत्रको २४ गतेलाई प्रदर्शन मिति तय गर्दै सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो । ट्रेलरलाई हेर्दा चलचित्रले राजनीतिक र सामाजिक कथालाई उठान गरेको देख्न सकिन्छ ।

चलचित्रमा मुख्य भूमिकामा विपिन कार्की र केकी अधिकारीलाई देख्न सकिन्छ भने अन्य कलाकारहरु अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारहरु रहेका छन् । चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन भने कथा भने सुशील पौडेलको रहेको छ । निर्माता भने सुदर्शन बस्नेत हुन् । चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन र राजनराज सिवाकोटीले संगीत दिएका छन् ।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मको ट्रेलरले दर्शकहरुमा राम्रै उत्साह र अपेक्षा बढाउन सफल भएको देखिन्छ ।

यसअघिको पहिलो ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा चर्चित भएको थियो । ‘प्रसाद’ मा विपिन कार्की र नम्रता श्रेष्ठको अभिनयलाई दर्शकदिर्घाले निकै मन पराएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button