Grace Computer Jawalakhel
अन्यसमाचार

पबजी मोबाइल वर्ल्ड इन्भिटेसनल (पिएम डब्लु आई)मा डिआरएस गेमिङ्ग

PUBG Mobile tournament

काठमाडौँ। नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल ‘पीएमडब्लूआई २०२३’ सहभागी हुँदै छन्। प्रतियोगिता आजबाट सुरु भएको छ । यस प्रतियोगितामा करिब ४० करोड रुपैयाँ पुरस्कार राशि राखिएको छ । प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ ।

यसअन्तर्गत ‘डीआरएस गेमिङ’ले प्रतियोगिताको पहिलो चरण अर्थात अलस्टार्स स्टेजमा प्रतिस्पर्धा गर्ने छ ।

पहिलो चरणको खेल मंगलबारदेखि बिहिबारसम्म चल्नेछ । पहिलो चरणको खेलबाटै दोस्रो चरण वा मेन टुर्नामेन्ट कुनकुन टिमले खेल्नेछन् भन्ने निर्णय हुन्छ । अलस्टार्स स्टेजमा १८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये अङ्क तालिकाको टप पाँच टिमले मात्र मेन टुर्नामेन्टमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ । बाँकी १३ टिम प्रतियोगिताबाट बाहिरिने छन् ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कुल १६ टिमले भिड्ने छन् । मेन टुर्नामेन्टको प्रतियोगिता १४ जुलाई देखि १६ जुलाईसम्म हुनेछ ।

‘डीआरएस गेमिङ’ले मेन टुर्नामेन्टमा स्थान बनाउनका लागि अलस्टार्स स्टेज पार गर्नुपर्ने हुन्छ । अलस्टार्स स्टेजका लागि करिब १३ करोड रुपैयाँ र मेन टुर्नामेन्टको लागि करिब २६ करोड रुपैयाँ छुट्याइएको छ । यो प्रतियोगिता साउदी अरेबियाको रियादमा हुँदैछ ।

यस प्रतियोगिताको लाइभ बेलुका ४.४५ देखि ‘पब्जी मोबाइल ई(स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button