Grace Computer Jawalakhel
अन्यसमाचार

आजदेखि पीएमपीएल साउथ एसिया फलमा दोस्रो साताको खेल सुरु

PubG Tournament

काठमाडौँ। पब्जीको दक्षिण एसिया क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरणअन्तर्गत दोस्रो साताको खेल आजबाट सुरु हुँदैछ । पहिलो साताको खेलमा मङ्गोलियन पब्जी टिमहरू नेपाली टिमहरू माथि हाबी भएका थिए । आजदेखि सुरु हुने दोस्रो साताको खेलमा राम्रो खेल देखाउँने र अङ्क तालिकामा आफ्नो वर्चश्व देखाउने अवसर नेपाली पबजी टिमसँग छ ।

प्रतियोगिताको पहिलो साताको अङ्क तालिकाको शीर्ष स्थानमा मङ्गोलियन पब्जी टिम फोमिराकल भाइब्स रहेको छ । ​फोमिराकल भाइब्सको १८५ पोइन्ट रहेको छ । जसमा १३१ एलिमिनेसन पोइन्ट र दुई चिकेन डिनर समावेश छन् ।

१५० पोइन्टसहित दोस्रो स्थानमा नेपाली टिम स्काइलाइट गेमिङ र १४७ पोइन्टसहित तेस्रो स्थानमा म्याबटेक्स ई स्पोर्ट्स रहेको छ । यसबाहेक शीर्ष १० मा दुई नेपाली टिम टीटूके ई-स्पोर्ट्स र रअ ई-स्पोर्ट्स पनि पनि रहेका छन् ।

टीटूके ई-स्पोर्ट्स र रअ ई-स्पोर्ट्स क्रमश: १३० र १२९ पोइन्टसहित अङ्क तालिकाको सातौँ र आठौँ स्थानमा परेका छन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप तथा पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल जस्तो प्रतियोगिता खेलिसकेको नेपाली टिम डीआरएस गेमिङ भने अङ्क तालिको १५औँ स्थानमा रहेको छ ।

पहिलो साताको पाँचौ दिनको पाँचौ खेल सकिँदा अङ्क तालिकाका शीर्ष १२ टिमले लिभिक म्यापमा बोनस खेल खेलेका थिए, जुन डीआरएस सहित सात टिमले गुमाएका थिए ।

यो प्रतियोगिताको दोस्रो साताको खेल अगस्ट १, २, ४, ५ र ६ मा हुने छ । खेल नेपाली समयअनुसार दिउँसो ४:४५ देखि सुरु हुनेछ । प्रतियागिता ‘पब्जी मोबाइल ई स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज र युट्युब च्यानल मार्फत खेल हेर्न सकिने छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button