अन्यसमाचार

बागमती प्रदेशमा घट्यो गाडी भाडा

Public Vehicles Price

Gobal IME Bank

काठमाडौँ। बिहीबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । यसअघि बागमती प्रदेशले जेठ ११ गते गाडी भाडादर समायोजन गरेको थियो ।

नेपाल आयल निगमले साउन १ मा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।
बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३ दशमलव १ प्रतिशत भाडा घटाएको छ ।

मालबाहक सवारीमा प्रतिकिमी प्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ । जस अनुसार अबको भाडा १३ रुपैयाँ ७४ पैसा भएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।

उक्त भाडादरमा १५ केजीसम्म यात्रुले निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख गरिएको छ ।

भाडादर समायोजन भएसँगै काठमाडौँबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा २३ रुपैयाँले घटेको छ । अब कामान्डौँ देखि जिरीसम्म पुग्न ९ सय ८६ रूपैयाँ लाग्ने छ । यसअघि जिरीसम्मको भाडा १ हजार ९ रुपैयाँ थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button