मुख्य समाचारसमाचार
		
	
	
रवि लामिछाने अनागरिक होइनन्- रविन्द्र मिश्र
 
						
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक/राज्यविहिन नभएको टिप्पणी गर्नुभएको छ ।
धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो भन्दै मिश्रले उनी अनागरिक, राज्यविहीन नभएको टिप्पणी गर्नुभएको हो ।
मिश्रले सामाजिक सञ्जालमा ”नेपालको संविधान, पृष्ठ ४ मा “नेपालको नागरिकता‘प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् ” लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक/राज्यविहिन होइनन्।” भनेर लेख्नुभएको छ ।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
