मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो यूरिक एसिड ? बिरामीले मुख बार्नु पर्ने खानाहरु…

Gobal IME Bank

एजेन्सी । यूरिक एसिड हाम्रो रगतमा हुने वेस्ट प्रडक्ट हो । हाम्रो शरीरले केमिकलहरु छुट्टाउने क्रममा प्युरिन नामक केमिकल उत्पादन हुन्छ । धेरै जसो यूरिक एसिड रगतमा घोलिन्छ वा किड्नीको बाटो हुदै यूरिन मार्फत निस्किने गर्छ । अधिक मात्रामा प्युरिन पाइने खाना र पेय पदार्थ खाँदा पनि हाम्रो शरीरमा युरिक एसिड बढ्छ ।

हाम्रो शरीरमा अत्यधिक रक्त यूरिक एसिड बस्यो भने हाइपरयूरिकेमियम भन्ने कन्डिसन सुरु हुन्छ जसमा यूरिक एसिड क्रिस्टलाइज्ड हुन्छ अर्थात जम्छ । यी क्रिस्टलाइज्ड यूरिक एसिड जोर्निहरुमा जम्ने गर्छ जसको कारणले गर्दा जोर्निमा पिडा हुनुका साथै गाउट पनि हुन्छ र यो अत्यधिक पिडादायी हुने गर्छ ।

उच्च रक्तचापद्धारा पिडित व्यक्तिहरु मध्ये २५ देखि ५० प्रतिशतको रगतमा यूरिक एसिड बढेको भेटिन्छ । यूरिक एसिडले विशेषगरी हात खुट्टाका जोर्नीहरुको बाथ गराउछ ।

यसका साथै अत्यधिक रक्त यूरिक एसिडका कारण मिर्गौलामा पत्थरी जम्न थाल्छ र मिर्गौलाको कार्यमा अवरोध उत्पन्न भई उच्च रक्तचापको विकास हुन्छ जसबाट नकारात्मक असर पर्छ। यसकारण रगतमा यूरिक एसिड बढेको पाइएमा उपचार गर्नु फाइदाजनक हुन्छ । रगतमा यूरिक एसिड बढी भएमा रोगीहरुले खानामा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

के के मा मुख बार्नु पर्छ ?
१. रातो मासु, खसी, राँगो भित्रि मासु, (कलेजो, मुटु, मिर्गौला, गिदी, फोक्सो आदि)
२. अण्डा
३. सबै प्रकारका दाल र गेडागुडीहरु
४. समुन्द्री माछाहरु प्राउन लोबस्टर
५. ड्राईफुट्स, काजु, ओखर, पेस्ता
६. मादक पदार्थ
७. गोलभेडा, काउली, पालुङ्गो साग आदि ।

प्रशस्त मात्रामा खान मिल्ने खानाहरु
१. सबै प्रकारका मौसमी ताजा फलफुलहरु ।
२. मौसमी तरकारी तथा सागपातहरु ९सिमी बोडी आदि बाहेक०
३. रोटी, गहुँ, आँटा, चामल आदि ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button