मुख्य समाचारसमाचार

समर्थन कायम राख्दै सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

Gobal IME Bank
file photo

काठमाडौं । सरकारबाट बाहिरिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय लिएको हो । योसंगै रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालयको जिम्मा दिने कुरामा सरकारले आलोटालो गरेसंगै रास्वपाले यो निर्णय लिएको हो ।

पार्टी सभापति लामिछानेले यसअघि नागरिकता विवाद भएपछि उप प्रधान तथा गृहमन्त्री पद गुमाउनुभएको थियो । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम नै राख्ने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button