मुख्य समाचारसमाचार

उप-प्रधान तथा गृहमन्त्री हुँदा रवि लामिछानेले के-के गरे ?

Gobal IME Bank

काठमाडौं । माघ २२ गते आईतबार सरकारलाई दिएको समर्थन कायम राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । पार्टी सभापति रवि लामिछानेले यसअघि नागरिकता विवाद भएपछि उप-प्रधान तथा गृहमन्त्री पद गुमाउनुभएको थियो ।

सरकारबाट बाहिरिएकै दिन प्रेस मिट गर्दै पार्टी सभापति लामिछानेले आफ्ना विभिन्न कुराहरु राख्नुभएको थियो । आफुले राजनीतिक यात्रा सुरु गर्नुअघि र राजनीतिक क्षेत्रमा प्रवेश गरेपछिको उतारचढावबारे सभापति लामिछानेले सञ्चारकर्मीहरुमाझ लामो व्याख्या गर्नुभएको थियो ।

यद्यपी सरकारमा रहँदै गर्दा वा उप-प्रधान तथा गृहमन्त्री पदमा रहँदै गर्दा भने सभापति लामिछानेले के-के गरे त भन्ने कुराले ठुलो महत्व बोकेको हुन्छ । त्यसो त प्रेस मिटमा लामिछानेले आफुलाई सरकारमा प्रवेश गरेपछिका कठिनाईहरु बारे पनि धेरै कुराहरु सञ्चारकर्मीहरुमाझ खुलाउनुभएको थियो ।

लामिछानेले सरकारमा रहँदै गर्दा भने के-के राम्रा र सकरात्मक कार्यहरु गरे भन्ने कुराहरु उहाँ आफैले बुँदागत रुपमा सञ्चारकर्मीहरुमाझ राख्नुभएको थियो ।

गृहमन्त्री हुँदा रवि लामिछानेले गरेका र पहल चालेका कामहरु…

  • आम सर्वसाधारण नागरिकहरुका लागि पनि सिंहदरबार खुल्ला गरिने डकुमेन्ट
  • अवैध क्रसरहरु बन्द, मापदण्ड नपुगेकोलाई समयसिमा तोकिएको
  • सरकारले आफुलाई दिएको सुरक्षाकर्मीहरु फिर्ता
  • नेता भेट्न प्रहरीलाई बन्देज – कुनै पनि प्रहरी पोशाकमै रहेको प्रहरीहरुले नेताहरुलाई भेट्न जाने र चाकडी गर्न धाउँछ भने उनको फुली खोसिने
  • पर्फरमेन्सको आधारमा प्रहरीको सरुवा बढुवा हुने
  • प्राईभेट काममा सरकारी सुविधाको गाडी नचढी आफ्नै प्राईभेट गाडीको प्रयोग
  • सिंहदरबारमा अपाङ्गता भएका मानिसहरुलाई सटल व्यवस्था गर्दै
  • नेपाल प्रहरीका जवानहरुलाई १६ वर्षमा ऐच्छिक अवकासको निति निर्माण गर्दै
  • स्थानिय प्रशासन ऐनमा काम
  • बोर्डर सुरक्षाको लागि विदेशका कयौं ठाउँहरुमा रेस्क्यु हेलिकप्टर र वार रुम बनाउनको लागि सम्झौता पत्र तयार

यी सबै माथी उल्लेखित बुँदागत कार्यहरुबारे रास्वपा सभापति रवि लामिछानेले प्रेस मिटमा बताउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button