मुख्य समाचारसमाचार

अहिले च्याउ उम्रिएझैँ होटलहरु बन्दै गएः राजेश हमाल

Gobal IME Bank

काठमाडौं । महानायक राजेश हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताउनुभएको हो ।

उहाँले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताउनु भयो । महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरिक्षण हुन जरुरी रहेको बताउनु भयो । उहाँले देशमा अहिले च्याउ उम्रिएझैँ होटलहरु बन्दै गएपनि तिनीहरुको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन बेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो । अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो । त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ । हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन् । हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ । यो तलमाथि हुने बित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ । नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो हाम्रोमा अहिले च्याउ उम्रिएझैँ होटलहरु बनेका छन् । ती होटलहरुको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ ।’

महानायक हमालले रेण्डरबुकिङ डटकमले नेपालमा नै पहिलो पटक खुला नोमिनेसन तथा गोप्य र आधुनिक प्रक्रियाबाट मूल्यांकन गरिने गरी विभिन्न १५ बढी विधामा नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते सञ्चालन गर्नुले कोरोना कालमा खुम्चिएको पर्यटन र अर्थतन्त्रको विकासका लागि सहयोग पुग्ने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button