मनोरञ्जनसमाचार

राजेश हमाल कृषिसम्बन्धी टेलिभिजन शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’ होस्ट गर्दै

Rajesh Hamal

Gobal IME Bank

काठमाडौँ। कृषि तथा मनोरञ्जनमा आधारित रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’को घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा उक्त टेलिभिजन कार्यक्रमको घोषणा गरिएको हो ।

कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई अभिनेता राजेश हमालले होस्ट गर्ने भएका छन् । इ-स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको जानकारी दिएको छ ।

शोमा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यस शोलाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने मास्टर होस्टको रुपमा अभिनेता हमाल छन् । जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।

प्रेसमिटमा बोल्दै हमालले विकासका लागि व्यवसायिक कृषिसँगै कृषि क्रान्ति जरुरी रहेको बताए । ‘तीन दशक लामो अभिनय यात्रामा कैंयनपटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु’ हमालले भने ।

उनले भने, ‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो । अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ्र ।’

निर्देशक कँडेलले यो शो किसान र कृषि प्राविधिकबीचको प्रतिस्पर्धा नभएको बताए । गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button