समाचार

रसुवामा कोरोना सङ्क्रमित शुन्य-Goodnews24

Gobal IME Bank

रसुवा : जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य भएको छ। पछिल्लो समय जिल्लाभित्र कोरोना सम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेसन शैय्या खाली भएका छन। हालसम्म पीसीआर विधिबाट ८५७ जनाको स्वाब परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापित आइसोलेसन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनु भएको छ। क्वारेन्टाइनमा भने पटक पटक गरी ४७३ जना राखिएको थियो। अहिले ती सबै आआफ्ना घर गइसकेका जनाइएको छ।
अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पीसीआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ। जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताउनु भएको छ। जिल्लामा ४४ हजार जनसङ्ख्याका लागि दुई अस्पताल, दुई आइसोलेसन र १८ स्वास्थ्य केन्द्र छन्। केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधि समेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीयवासी थप सजग हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सल्लाह दिनु भएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button