समाचार

रु २३ करोडमा हेटौँडामा सडकका काम-GoodNews24

Gobal IME Bank

हेटाँैडा –  वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटाँैडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ ।

निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण गर्न बोलपत्र समेत आह्वान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतसहित जनप्रतिनिधिको विशेष अनुरोधमा सडक निर्माण प्रक्रिया अगाडि बढेको बताइएको छ । हेटाँैडा–२ मानस चोकदेखि मनकामना चोक, सोही वडाको क्याम्पस चोकदेखि वनस्खण्डी, वडा नं ४ को हुप्राचौरको सम्पूर्ण अधुरो काम, वडा नं ५ को चिसोपानी चोकदेखि मिलन चोक, वडा नं ६ रगङ्शाला चोकदेखि हरियाली खहरे चोक तथा हरियालीचोकदेखि वडा नं ८ को सीमासम्म सडकको स्तरोन्नति गरिनेछ ।

त्यस्तै हेटाँैडा– ८ को निमचोकदेखि पहिलो खहरे, १० को टिसिएन रोड र भुटनदेवी रोड, ११ को थानाभ¥याङ रोड, १२ को ठाडोबाटो भोर्ले, १४ को घलान तथा १५ को चक्रपथदेखि स्मृतिभवन सम्मको बाटोको निर्माण र स्तरीकरण प्रक्रिया अगाडि बढेको हो । वाग्मती प्रदेशको राजधानीसमेत रहेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन लागिएको बताइएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button