समाचार

रनर मोटरसाइकलले ल्यायो ५१ हजार सम्मको नगद छुट सहितको अफर-Goodnews24

Gobal IME Bank

काठमाडौं- दशैं तिहारलाई लक्षित गरी बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ । कम्पनीले यो अहिले सम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ । साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । यस्तै कुनैपनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने कम्पनीको भनाइ छ । देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहार अन्तर्गत रु ५१ हजार सम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने छन् । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button